काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष मोहन हरि आचार्यले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नवनियुक्त अध्यक्ष आचार्यले नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय जनकपुरका का. मु. निर्देशक रामेश्वर पोखरेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
आचार्य मिति २०८१ फाल्गुन २३ गते बसेको संचालक समितिको १६३ औं बैठकबाट अध्यक्षका रुपमा सर्वसम्मत चयन भएका थिए ।
नेपाल राष्ट्र बैंक, प्रदेश कार्यालय जनकपुरमा भएको उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका अन्य अधिकृतहरु तथा महुली लघुवित्तका पूर्व संचालक समिति अध्यक्ष प्रभु नारायण चौधरी तथा वर्तमान संचालकहरूको उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्