- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
उहाँले ठमेल पर्यटन विकास परिषद्को पहलमा केही घरबेटीले घरभाडा छुट दिएपनि लामो समयसम्म व्यापार व्यवसाय बन्द हुँदा समस्या आएको बताउनुभयो । ठमेल भित्र रहेका अधिकांश घरभेटीले ३० देखि ७० प्रतिशत सम्म घरभाडा छुट दिएपनि केही घरबेटीले घरभाडा समायोजन नगरिदिदा त्यस्ता व्यवसायीहरु विस्थापित भइसकेको बताउनुभयो । उपत्यकामा फेरी निषेधाज्ञा जारी भएपछि भने अभैm लामो समय व्यापार व्यवसाय ठप्प हुने देखिएकोले घरभाडा छुट पाएका व्यवसायीहरु पनि भाडा तिर्न नसकेर विस्थापित हुनुपर्ने अवस्थामा पुगेको शर्माले बताउनुभयो ।
सरकारले पर्यटन व्यवसायीहरुलाई पुनरकर्जा उपलब्ध गराउने भनेपनि त्यसको कार्यान्वयन छिट्टै नहुँदा व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगिसकेको बताउनुभयो । त्यस्तै अझै एक वर्ष यस्तै अवस्था रहे बैंकबाट ऋण लिएर व्यापार गरेका व्यवसायीहरुलाई बैंक ऋण तिर्नसक्ने क्षमता पनि नरहने उहाँले बताउनुभयो । यस्तो समस्या आउन नदिन सरकारले बेलैमा व्यवसायीलाई सहजवातावरण निर्माण गरिदिनुपर्नेपनि उहाँले बताउनुभयो ।