Skip to content
LAXMI SUNRISE BANK

अन्तिम १५ मिनेटको औसत कारोबारका आधारमा अन्तिम मूल्य निर्धारण गरिने, अन्तिम मिनेटमा हुने चलखेलको अन्त्य ! 

अर्थ सरोकार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अन्तिम १५ मिनेटको औसत कारोबारका आधारमा अन्तिम मूल्य निर्धारण गर्ने व्यवस्था लागू गरेको छ । नेप्सेले आज (बिहीबार) देखि उक्त व्यवस्था लागू गरेको हो । 

योसँगै अब प्रत्येक दिन कारोबार समयको २ः४५ बजेदेखि ३ः०० बजेसम्म कायम भएको मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिने भएको छ । 

तर, उक्त अवधिमा कुनै कारोबार नभए पछिल्लो कारोबारलाई नै अन्तिम मूल्य मानिने नेप्सेले जनाएको छ । यसअघि ३ बजेभन्दा अगाडि भएको अन्तिम कारोबार मूल्यलाई अन्तिम कारोबार मूल्य मानिँदै आएको थियो । 

यो व्यवस्था लागू भएसँगै अब बजारमा अन्तिम मिनेटमा हुने चलखेल रोकिने विश्वास गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK