Skip to content
LAXMI SUNRISE BANK

बिहीबार १२.३८ अंकले घट्यो नेप्से, ४ अर्बमाथिको सेयर कारोबार

अर्थ सरोकार

काठमाडौँ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १२.३८ अंकले घटेर २६६९.७६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १२ कम्पनीको ९५ लाख ९९ हजार ३ सय ४३ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५६ करोडमाथिको सेयर कारोबार भएको छ ।

बिहीबार सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको २८ करोड २१ लाख २८ हजार २ सय ३७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, आजको बजारमा डोल्टी पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK