काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बल्खुमा गर्न लागेको आमसभालाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । मंगलबार संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि दबाब दिन राप्रपाले आयोजना गर्न लागेको जुलससहितको आमसभालाई लक्षित गर्दै मंगलबार बिहानैदेखि बल्खुक्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।
राप्रपाले आमसभा गर्ने क्षेत्रमा मंगलबार २ हजार बढी सुरक्षाकर्मी तैनाथ गरिएको छ । जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरु छन् ।
त्यस्तै, उक्त क्षेत्रमा आज सीसी क्यामेरा, ड्रोन र बडी क्यामेराबाट पनि प्रदर्शनका निगरानी गरिने बताइएको छ । अर्कोतर्फ प्रहरीले उक्त क्षेत्रमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पार्नुका साथै यात्रुहरुको झोला समेत चेक गरिरहेको छ ।
‘माथिको आदेश’ भन्दै प्रहरीले यात्रुहरुको झोला चेकिङ गरिरहेको । बल्खु क्षेत्रका विभिन्न ठाउँमा ब्यारिकेट लगाएर प्रहरीले बिहानैदेखि सुरक्षा दिइरहेको छ । बल्खु तीनकुनेजति संवेदनशील नभएको भन्दै प्रहरीले मंगलबारको आन्दोलन तीनकुनेको जस्तो हिंसात्मक र उछृङ्खल नहुने दाबी गरेको छ । यता आमसभामा उपत्यका बाहिरबाट पनि ठूलो संख्यामा मानिसहरु आउने राप्रपाले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्