काठमाडौं । एनआइसी एसिया बैंकले नयाँ अफर ल्याएको छ । बैंकले नयाँ वर्षको अवसरमा एनआइसी एसियाको मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुका लागी आइफोन १६ जित्ने अफर ल्याएको हो ।
बैंकले मोबाइल बैंकिङ सेवा प्रदायक एफवानसफ्ट प्रालिसँगको सहकार्यमा आफ्ना ग्राहकहरुका लागि आकर्षक योजनासहितको ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आइफोन १६’ योजना घोषणा गरेको छ । यस योजनामा सहभागी हुने ग्राहकहरुले आइफोन १६ जित्न सक्नेछन्।
यस योजनामा सहभागी हुनका लागि ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ एप (मोबैंक) मार्फत रु १०० वा सो भन्दा बढीको मोबाइल टपअप गर्नुपर्ने छ । यस योजना अवधी समाप्त भएपछि यस योजनामा सहभागी हुने ग्राहकहरुमध्येबाट गोलाप्रथाद्वारा एक जना भाग्यशाली ग्राहकलाई विजेता घोषणा गर्दै आइफोन १६ दिइने बैंकले जनाएको छ।
यो योजना २०८२ वैशाख १ गतेदेखि २०८२ वैशाख ३१ गतेसम्म सञ्चालन हुनेछ । साथै, नयाँ वर्ष २०८२ ले ग्राहकहरुमा थप खुसी, उत्साह र उमंग थपोस् भन्ने कामनासहित यस योजनाले ग्राहकहरुसँगको आत्मीय सम्बन्ध अझ बढी प्रगाढ, सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बनाउनेछ भन्ने विश्वास बैंकले लिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्