Skip to content
LAXMI SUNRISE BANK

लुम्बिनी विकास बैंकले हस्तान्तरण गर्यो पर्वतारोही कामी रिता शेर्पालाई बैंकको लोगो

अर्थ सरोकार

काठमाडौं । लुम्बिनी विकास बैंकले किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण गरेको छ । बैंकले ३१औं पटक सगरमाथामा आरोहण गर्न लागेका कारण उनलाई सफलताको शुभकामना सहित ब्यानर प्रदान गरेको हो ।

शेर्पा लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै ‘निरन्तर सहयात्रा’ गर्दै आएकी थिइन् । उनी ३१औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको आरोहणको लागि जान लागेकी हुन् । सोही अवसरमा  बैंकले सफलताको शुभकामना कार्यक्रम आयोजना गरेको हो ।

लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर २ पटक सम्म सर्वोच्च शिखर सगरमाथामा  शेर्पाले पुर्‍याइ सकेकी छिन  । उक्त कार्यक्रममा पुन: तेश्रो पटक बैंकको लोगो अंकित ब्यानर सर्वोच्च शिखर सगरमाथामा पुऱ्याउनका लागी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) नरेश सिंह बोहराले किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई हस्तान्तरण गरेका हुन  ।

लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरू सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK