काठमाडौं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ ) मा सन्तोष कुमार घिमिरे नियुक्त भएका छन् । उनलाई कम्पनीको फागुन २८ गते बसेको संचालक समितिको बैठकले सीइओमा नियुक्त गरेको हो ।
फाइनान्सका तत्कालीन सीईओ टीका निधि लोहनीले राजीना दिएसँगै रिक्त रहेको उक्त पदमा घिमिरे नियुक्त भएका छन्। उनी २०८२ साल वैशाख १ गतेदेखि लागू हुनेगरी चार वर्षका लागि सीइओमा नियुक्त भएका हुन्।
यसअघि घिमिरे गोर्खाज फाइनान्सको सीइओ थिए । उनी नेपाल राष्ट्र बैंकबाट सेवा निवृत्त कर्मचारीसमेत हुन् । लामो समयको बैंकिङ अनुभव तथा नेतृत्व क्षमताका आधारमा कम्पनीले घिमिरेलाई सिइओमा नियुक्त गरेको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्