काठमाडौँ। सेयर विश्लेषक रविन्द्र भट्टराईद्वारा लिखित ‘वित्तीय स्वतन्त्रता’ नामक पुस्तक सार्वजनिक गरिएको छ। नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा लेखक भट्टराई, सेजन अध्यक्ष सुजन ओली र सेजनका पूर्व अध्यक्ष गोकर्ण अवस्थीले संयुक्त रूपमा पुस्तक विमोचन गरिएको हो।
उनको पुस्तकमा आर्थिक रूपमा स्वतन्त्र बन्ने उपायहरू र त्यसबाट व्यक्तिगत तथा व्यवसायिक प्रगति कसरी सम्भव हुन्छ भन्ने विषयवस्तु समेटिएको छ।
प्राथमिक निष्कासन (आईपीओ) मा लचिलोपनको प्रस्ताव
भट्टराईले कम्पनीहरूले अंकित मूल्य एक रुपैयाँको दरले समेत आईपीओ जारी गर्न पाउनु पर्ने धारणा व्यक्त गरेका छन् । उनका अनुसार सेयर संख्या बढाएपछि आवश्यक पूँजी जुटाउन समस्या पर्दैन। यसले साना लगानीकर्ताहरूलाई सेयरमा सहभागी हुने अवसर दिने विश्वास व्यक्त गरे।
स्टक स्प्लिट र लाभांश प्रणालीमा सुधार
महँगा कम्पनीहरूले समय-समयमा स्टक स्प्लिट गरेर सेयर मूल्य सुलभ बनाउनु पर्ने भट्टराईको सुझाव थियो। उनले भने, ‘महँगा कम्पनीले थप सेयर जारी गरेर मूल्य घटाउनु नै स्टक स्प्लिट हो, जसले पहुँच बढाउँछ।’
त्यस्तै, कम्पनीहरूले त्रैमासिक रूपमा लाभांश वितरण गर्न पाउनु पर्ने पनि उनको भनाइ थियो। अन्तर्राष्ट्रिय अभ्यास प्रस्तुत गर्दै उनले भने, “क्यानाडा लगायतका मुलुकमा कम्पनीहरूले मासिक लाभांश दिन्छन्। नेपालमा पनि कम्तीमा त्रैमासिक रूपमा वितरण गर्न सक्ने व्यवस्था गर्नुपर्छ, विशेष गरी हाइड्रोपावरजस्ता स्थायी आम्दानी भएका क्षेत्रमा।”
निजी क्षेत्रको स्टक एक्सचेन्जको आवश्यकता
भट्टराईले नेपाल स्टक एक्सचेन्ज (नेप्से) सरकारी स्वामित्वमा रहेकाले आवश्यक प्रविधि तथा क्षमताको विकासमा पछि परेको बताएका छन्। उनले भने, ‘विश्वका अधिकांश मुलुकमा स्टक एक्सचेन्ज सरकारी स्वामित्वमा हुँदैन। यहाँ भने बोर्ड र अध्यक्ष सरकारी नियुक्त हुने भएकाले स्वतन्त्र निर्णय गर्न सक्दैन।’
सूचकांकमा आधारित कारोबार र लगानीकर्ताको भूमिका
भट्टराईले नेप्से ३० जस्ता सूचकांकमा आधारित कारोबार प्रणाली आवश्यक रहेको पनि औंल्याए। उनले भने, ‘एकपटक तयारी भएको थियो, तर त्यसपछि त्यसबारे कुनै पहल भएन।’ उनले नेपालमा संस्थागत लगानीकर्ताको संख्या र क्षमता दुवै कमजोर रहेको बताए। अन्य देशमा जस्तै संस्थागत लगानीकर्ताले बजार ‘ड्राइभ’ गर्नु पर्नेमा, नेपालमा त्यस्तो अवस्था नरहेको उल्लेख गरे।
सामाजिक सञ्जालमा हुने ‘सेयर सिफारिस’ प्रति चेतावनी
भट्टराईले सामाजिक सञ्जालमार्फत विशेष कम्पनीको सेयर खरिदरबिक्री गर्न सिफारिस गर्ने प्रवृत्ति गलत भएको बताए। उनले क्यानाडा लगायतका मुलुकमा यस्तो सिफारिसबाट नोक्सानी भएमा कानुनी कारबाही र क्षतिपूर्ति समेत हुने व्यवस्था रहेको उदाहरण दिँदै भने, ‘कुनै कम्पनीको सेयर किन्न वा बेच्न सुझाव दिनु अनुचित हो।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्