Skip to content
LAXMI SUNRISE BANK

‘गभर्नरको नियुक्ति छिट्टै हुन्छ’ 

अर्थ सरोकार

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकमा छिट्टै गभर्नर नियुक्ति हुने बताएका छन् । सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले गभर्नर नियुक्ति छिट्टै हुने बताएका हुन् । 

उनले मुलुकको समग्र अर्थतन्त्रमा सुधारका लागि क्षमतावान् गभर्नर ल्याउनुपर्ने भएकाले गभर्नर नियुक्तिमा ढिलाई भएको बताएका छन् । तर, अब भने छिट्टै राष्ट्र बैंकको गभर्नर नियुक्ति हुने उनले बताएका छन् । 

‘समग्र मुलुकको आर्थिक अवस्था सुधार गर्नुपर्ने भएको कारण गभर्नर नियुक्तिको विषयमा दलहरुको आ-आफ्नो चासो हुनु अस्वभाविक होइन ।’, मन्त्री गुरुङले भने, ‘काँग्रेस सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच गभर्नर नियुक्ति गर्ने सहमति भएको छ । छिट्टै गभर्नर नियुक्ति हुन्छ ।’ 

सोही क्रममा मन्त्री गुरुङले गभर्नरको नियुक्तिमा १ अर्ब ७ करोडको बार्गेनिङको चर्चा गलत भएको पनि बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK