काठमाडौँ । गभर्नरको दौडमा रहेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न कामु गभर्नर नीलम ढुंगानाले अस्वीकार गरेकी छिन् । आफु गभर्नर बन्ने पक्का भएपछि भट्टले शुक्रबार राजिनामा पत्र बुझाएका थिए ।
तर, कामु गभर्नर ढुंगानाले कानुन देखाउँदै उनको राजिनामा स्वीकृत गर्न अस्वीकार गरेकी हुन् ।
गभर्नरको नाम सिफारिसमा पर्नका लागि राजीनामा स्वीकृत हुनै पर्ने बाध्यकारी अवस्थाकाबीच कामु गभर्नरले राजीनामा स्वीकृत नगर्दा भट्ट तनाबमा परेका छन् ।
बुधबार साँझ प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भट्टका नाममा सहमति भएको थियो । गभर्नरका लागि भट्टको नाममा सहमति भएपछि प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलले उनलाई बोलाएर भेटिसकेको बुझिएको छ ।