×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घुस खाएको पुष्टि भएपछि कारवाहीमा परेका नेपाल बैंकका पूर्वसञ्चालक फरार !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

घुस खाएको पुष्टि भएपछि कारवाहीमा परेका नेपाल बैंकका पूर्वसञ्चालक फरार !

Artha Sarokar

८ बैशाख २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कर्जा प्रवाह गर्दा ऋणीसँग घुस खाएको पुष्टि भएपछि कारवाहीमा परेका नेपाल बैंकका पूर्वसञ्चालक डा. चन्द्र बहादुर अधिकारी फरार भएका छन् । घुस खाएको पुष्टि गर्दै राष्ट्र बैंकले कारवाही गरेपछि उनी फरार भएका हुन् । 

बैंकको पूर्वअध्यक्षसमेत रहेका अधिकारीका नाममा अख्तियार दुरुपयोग अनुसन्धान अयोगले समेत सात दिने सूचना जारी गरेको छ । अख्तियारको पत्र अनुसार उनी आउँदो सोमबारसम्म अख्तियारमा उपस्थित भइसक्नुपर्नेछ ।  

अख्तियारले अधिकारीका नाममा सोमबार नै सात दिने सूचना निकालेको थियो । सोमबार नै राष्ट्र बैंकले उनले घुस लिएको पुष्टि गर्दै ५ लाख जरिवाना तिराउने र पदबाट बर्खास्त गर्ने निर्णय गरेको छ । 

यता राष्ट्र बैंकले घुस खाएको पुष्टि गर्दै कारवाहीको पत्र पठाउनु र अख्तियारले सूचना निकाल्नू एकैदिन परेपछि अधिकारी सम्पर्कविहीन भएका छन् । उनले बैंकबाट ऋण मिलाइदिने भन्दै ऋणीसँग घुस लिएको र उक्त घुसबापतको रकम लिन ड्राइभरको खाता प्रयोग गरेको पुष्टि भएको छ । हाल अधिकारीको फोन अफ छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी