Skip to content
LAXMI SUNRISE BANK

बुधबार ३२.३८ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको चोथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक ३२.३८  अंकले घटेर २६५५.९४  बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३०८ कम्पनीको १ करोड ८४ लाख ७७ हजार ७०३ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ७ अर्ब ५७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार राधी विद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ५८ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा नेपाल माइको इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK