×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोरखाको एक सहकारीमा चोरी, ‘लकर’मा राखेको सवा २ लाख गायब ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

गोरखाको एक सहकारीमा चोरी, ‘लकर’मा राखेको सवा २ लाख गायब ! 

Artha Sarokar

१५ बैशाख २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गोरखाको एक सहकारीमा चोरी भएको छ । जिल्लाको बारपाक सुलिकोट गाउँपालिका-५ थालेस्थित पिपलबोट कृषि सहकारी संस्थामा चोरी भएको हो । 

सहकारीको कार्यालय तोडफोड गरेर २ लाख १५ हजार रुपैयाँ चोरी भएको बताइएको छ । सहकारीका अध्यक्ष रामबहादुर खड्काका अनुसार शनिबार राति कार्यालयको मूल गेटको चाबी र लकरको चाबी फोडेर रकम चोरी गरेको देखिएको छ । 

सहकारीको उक्त भवन गाउँदेखि अलि पर एकान्त जस्तो ठाउँमा भएकै कारण चोरी हुँदा थाहा नपाएको हुनसक्ने प्रहरीले जनाएको छ । उक्त भवनमा सिसिटिभी जडान नभएकाले चोरको पहिचान गर्न कठिनाइ भएको प्रहरीको भनाई छ । 

यद्यपि घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उक्त सहकारी २०७२ बैशाखमा खुलेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी