काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक ९.६२ अंकले घटेर २६१०.७६ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३१९ कम्पनीको १ करोड ८४ लाख ३७ हजार ९४२ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ७ अर्ब ६३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ७६ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, सोमबारको बजारमा नेपाल माइको इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आजको बजारमा नेपाल माइको इन्स्योरेन्ससहित तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, हिमालयन पावर पार्टनर लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो ।