Skip to content
LAXMI SUNRISE BANK

बिहीबार नेप्से परिसूचक १६.६० अंकले घट्यो

अर्थ सरोकार

काठमाडौँ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १६.६० अंकले घटेर २६६१.०८ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३१५ कम्पनीको ३ करोड ७९ लाख ९ हजार ९१ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ६५ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार न्गादी ग्रुप पावर लिमिटेडको भएको छ । यस कम्पनीको ७८ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबारको बजारमा नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, सिन्धु विकास बैंकका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK