Skip to content
LAXMI SUNRISE BANK

बिहीबार ८.४१ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहिबार नेप्से परिसूचक ८.४१ अंकले घटेर २६११.८५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२० कम्पनीको १ करोड ७४ लाख २३ हजार ९४३ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ७ अर्ब ८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सोल्टी होटल लिमिटेडको भएको छ । यस कम्पनीको ४६ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबारको बजारमा ओम मेगाश्रीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK