काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबार नेप्से परिसूचक २.७९ अंकले घटेर २६०९.०५ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३०९ कम्पनीको १ करोड ६९ लाख ७ हजार ७३७ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ८ अर्ब ५० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ७० करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबारको बजारमा ओम मेगाश्रीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो ।
नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्