×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रिस पठाउने भन्दै आठ लाख ठग्ने एक जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ग्रिस पठाउने भन्दै आठ लाख ठग्ने एक जना पक्राउ

Artha Sarokar

५ जेष्ठ २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि ग्रिस पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ जिल्ला कगेश्वरी मनोहरा नगरपालिका वडा नं. ०७ का ७६ वर्षीय नरबिर राई रहेका छन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले टेकुबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले आकर्षक तलबको प्रलोभनमा पारेर ग्रिस पठाउने भन्दै आठ लाख रुपैयाँ ठगी गरेका थिए । हाल उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी