×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार १९.३० अंकले बढ्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सोमबार १९.३० अंकले बढ्यो नेप्से परिसूचक

Artha Sarokar

५ जेष्ठ २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबार नेप्से परिसूचक १९.३० अंकले बढेर २६२८.३६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२४ कम्पनीको १ करोड ६२ लाख ५ हजार ५५८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ७ अर्ब ३५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार राधी विद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ५९ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबारको बजारमा सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् ।  यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी