Skip to content
LAXMI SUNRISE BANK

११ ब्रोकर कम्पनी धितोपत्र बोर्डको कारबाहीमा

अर्थ सरोकार

काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनको उल्लङ्घन गर्ने ११ वटा ब्रोकर कम्पनीहरूलाई नेपाल धितोपत्र बोर्डले कारबाही गरेको छ । बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०७६ को दफा १८ (१) को व्यवस्थाको परिपालना नगरेको भन्दै ११ ब्रोकरलाई कारबाही गरेको हो ।

कारवाहीमा पर्नेमा ब्लुचिप सेक्यूरिटिज लिमिटेड, प्रोपर्टि विजार्ड लिमिटेड, स्टक्स्कार्टस् सेक्यूरिटिज लिमिटेड, सुमेरु सेक्यूरिटिज प्रा.लि., रोड्शो सेक्यूरिटिज लिमिटेड, सगरमाथा सेक्यूरिटिज लिमिटेड, इन्फिनिटी सेक्यूरिटिज लिमिटेड रहेको छ ।

त्यस्तै, म्याग्नेट सेक्यूरिटिज एण्ड इन्भेष्टमेण्ट कम्पनी लिमिटेड, एलिट मर्चेन्ट क्यापिटल लिमिटेड, रिलायबल इन्भेष्टमेण्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेड र रिलायबल भेन्चर क्यापिटल लिमिटेडलाई बोर्डले कारबाही गरेको छ ।

बोर्डले सम्बन्धित कम्पनीहरूलाई लिखित रूपमा चेतावनी दिँदै सचेत गराएको छ । आगामी दिनमा कानून कार्यान्वयन नगरे थप कारबाही हुने बोर्डले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK