काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक ४९.०९ अंकले बढेर २६७७.४५ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३१० कम्पनीको १ करोड ६८ लाख ८८ हजार ४५९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ७ अर्ब ३१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ४१ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबारको बजारमा सिन्धु विकास बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।