Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंकद्वारा श्री राष्ट्रिय आधारभूत विद्यालयमा पोशाक वितरण

अर्थ सरोकार

काठमाडौँ । कामना सेवा विकास बैंकले श्री राष्ट्रिय आधारभूत विद्यालय ज्योतिनगर, चितवनका विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई पोशाक वितरण गरेको हो ।

बैंकको नारायणगढ क्षेत्रका प्रविण बर्तौलाले विद्यालयका प्रधानाध्यापक रमाकान्त न्यौपानेको उपस्थितिमा विद्यार्थीहरुलाई पोशाक हस्तान्तरण गरेका हुन् ।

उक्त पोशाक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानाध्यापक न्यौपानेले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनस्थित रहेको उक्त विद्यालयका विद्यार्थीलाई गरिएको पोशाक हस्तान्तरणले विद्यार्थीहरुलाई महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

साथै, उक्त कार्यक्रममा बोल्दै बैंकका प्रविण बर्तौलाले भरतपुर महानगरपालिकासँगको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा बैंकका कर्मचारीहरु, श्री राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिती रहेको थियो ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK