काठमाडौँ । सेयर लगानीकर्ता हरि ढकालसँग हारेर पनि गभर्नर बनेका काँग्रेस नेता विश्व पौडेल सेयर लगानीकर्ताहरुलाई रिझाउनेगरी नीतिगत निर्णयको तयारीमा लागेका छन् । चुनावका समयमा पनि सेयर बजार बलियो बनाउन आफुले बिगतमा पनि भूमिका खेलेको र अव पनि खेल्ने आश्वासन बाँडेका पौडेल गभर्नर बनेपछि सेयर लगानीकर्ता रिझाउनेगरी नीतिगत निर्णयको तयारीमा लागेका हुन् ।
उनी निकटहरुका अनुसार उनी आफुलाई सेयर बजारप्रति सकारात्मक गभर्नरका रुपमा देखाउन चाहान्छन् । आफूविरुद्ध चुनाव उठेर जितेका हरि ढकालले सेयर बजारका मुद्धा चर्को सँग उठाईरहेका बेला गभर्नर पौडेलको थप विरोधको संकेत देखेपछि उनले यस्तो तयारी गरेका हुन् ।
गभर्नरको सपथ कार्यक्रमकै दिन उनले एक टेलिभिजन कार्यक्रममासमेत आफु पूँजी बजारप्रति निकै सकारात्मक भएको दाबी गरेका थिए । यसले पनि उनी गभर्नर पदमा रहँदा बिगतमा महाप्रसाद अधिकारीले ल्याएका पूँजीबजार विरोधी नीतिहरुलाई सच्याउने तयारीमा लागेको संकेत देखिएको छ ।
केन्द्रीय बैंकमा पौडेलको इन्ट्रीसँगै अव १५ करोडको क्याप हट्ने लगायतका नीतिगत व्यवस्था हुन सक्ने संकेत देखिएको छ । उनले यस विषयमा केहि दिनमै छलफल थाल्ने र पूँजीबजारको पक्षमा काम गर्न नेपाली काँग्रेसका नेताहरुले पनि आवश्यक निर्देशन दिने तयारी भएको काँग्रेस नेताहरुको भनाई छ ।