×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नरले स्वीकारेनन् डा. गुणाकर भट्टको राजिनामा, उल्टै दिए गभर्नर कार्यलयको जिम्मा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

गभर्नरले स्वीकारेनन् डा. गुणाकर भट्टको राजिनामा, उल्टै दिए गभर्नर कार्यलयको जिम्मा

Artha Sarokar

११ जेष्ठ २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजिनामा अस्वीकृत भएको छ । राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले भट्टको राजिनामा अस्वीकृत  गरेका हुन् ।

राजिनामा अस्वीकृत गर्दै भट्टलाई गभर्नरले नयाँ जिम्मेवारी दिएका छन् । यसअघि अनुसन्धान विभागमा रहेका भट्टलाई गभर्नर पौडेलले गभर्नर कार्यलयको जिम्मेवारी दिएका हुन् ।

भट्टलाई गभर्नर कार्यलयको जिम्मेवारी दिएसँगै रिक्त रहेको अनुसन्धान विभागको जिम्मा डा. रामशरण खरेललाई दिइएकाे छ । खरेल यसघि मानव संशाधन विभागमा थिए । त्यस्तै, मानव संशाधन विभागको जिम्मा भने कार्यकारी निर्देशक विश्रुत थापालाई दिइएको छ ।

नेपाली कांग्रेसले गभर्नर बनाउने आश्वासन दिएपछि भट्टले गत बैशाख ५ गते कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी