Skip to content
LAXMI SUNRISE BANK

नेप्से १७.४४ अंकले बढ्यो, बुधबार ८ अर्बमाथिको कारोबार

अर्थ सरोकार

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक १७.४४ अंकले बढेर २६९३.०६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२३ कम्पनीको २ करोड ७५ लाख ९ हजार ४७ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ५८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार न्गादी ग्रुप पावर लिमिटेडको भएको छ । यस कम्पनीको एक अर्ब सात करोड तीन लाख छ हजार दुई रुपैया दश पैसा बराबरको कारोबार भएको छ ।

बुधबारको बजारमा ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK