×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, गृहमन्त्रीले राजिनामा नदिए बैठक चल्न नदिने विपक्षी दलको तयारी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, गृहमन्त्रीले राजिनामा नदिए बैठक चल्न नदिने विपक्षी दलको तयारी !

Artha Sarokar

२० जेष्ठ २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आज (मंगलबार) सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दैछ । प्रतिनिधिसभाको आजको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने कार्यसूची छ ।

राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने ‘प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्तावसमेत सभामा प्रस्तुत हुनेछ ।

दुवै सदनका कार्यसूची सार्वजनिक भइरहँदा विपक्षी दलहरुले भने संसद् चल्नै नदिने अडानमा छन् । उनीहरुले गृहमन्त्री रमेश लेखकले राजिनामा नादिएसम्म संसद्को कारवाही अघि बढ्न नदिने बताउँदै आएका छन् । उनीहरुले गृहमन्त्रीको राजिनामा र भिजिट भिसा प्रकरणमा छानबिन समिति नै बनाएर गृहमन्त्रीमाथि छानबिन गर्न माग गरेका छन् ।

भिजिट भिसा प्रकरणमा करोडौँ भ्रष्टाचार भएको र सो कार्यमा गृहमन्त्रीको समेत संलग्नता रहेको समाचार बाहिरिँदा पनि गृहमन्त्री पदमै बसिरहन ठिक नहुने भन्दै माओवादी केन्द्र, रास्वपा, राप्रपा लगायतका विपक्षी दलले गृहमन्त्रीलाई राजिनामा दिन र अनुसन्धानका लागि मार्ग प्रशस्त गर्न माग गरेका छन् । अन्यथा संसद् चल्न नदिने उनीहरुले चेतावनी समेत दिएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी