काठमाडौँ । दोलखास्थित सुन्दर पर्यटकीय क्षेत्र शैलुङ देशकै सुन्दर, रमणीय पर्यटक गन्तव्य बनेको छ । ३४ सय मिटर उचाईमा रहेको हिउँ पर्ने यो स्थान प्राय हिउँले ढाकिन्छ ।
हिउँमा रमाउन र शैलुङ घुम्न मुलुकका विभिन्न भागबाट पर्यटक यहाँ पुग्छन् । शैलुङबाट गौरीशंकर, गणेश, जुगल, अन्नपूर्णसहित मुलुकका प्राय हिमश्रृङखला र महाभारत पर्वतसहित माथिल्लो क्षेत्रका प्राय पहाड र पर्वतहरु देखिन्छ ।
प्राकृतिकसंगै शैलुङ हिन्दु र बोद्धधर्मावलम्बीहरुको धार्मिक स्थल हो। यहाँ जनैपूर्णिमा, बाला चतुदर्शी लगायतका समयमा मेला लाग्ने गर्छ । बाँकी तस्विरमा हेर्नुहोस्: