×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजाबादी आन्दोलनमा ध्वस्त भएको जडिबुटी कम्पनीमा सन्चोको उत्पादन सुरु (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

राजाबादी आन्दोलनमा ध्वस्त भएको जडिबुटी कम्पनीमा सन्चोको उत्पादन सुरु (तस्विरहरू)

Artha Sarokar

२६ जेष्ठ २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गत चैत १५ गतेको राजाबादी आन्दोलनमा ध्वस्त भएको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा सन्चोको उत्पादन सुरु भएको छ ।

आन्दोलनमा कम्पनीको प्रशासनिक भवन तोडफोड भएको थियो भने उत्पादन तथा प्रयोगशाला भवन आगो लगाईएर पूर्ण रुपमा प्रयोग विहिन नै बनाईएको थियो ।

कम्पनीले खेती, प्रशोधन, उत्पादन र बजारिकरणको काम गर्ने भएकाले खेती र प्रशोधन कम्पनीको बाहिरी शाखाहरुले गर्ने र उत्पादित बस्तुको बजारिकरण देखिका कामहरु केन्द्रीय कार्यलयले गर्ने हुदाँ सो घटनाको लगभग एक महिना सबै जसो काम ठप्प भएको थियो ।

आगलागी हुनु पहिले मेशिनको प्रयोग गरी उत्पादन गरिने भए पनि मेशिन पूर्ण रुपमा जलेका कारण अहिले सम्पूर्ण काम कर्मचारीले नै गर्नु परेको छ । जसका कारण कम्पनी पूर्ण क्षमतामा चल्न भने सकेको छैन । अहिले ५० देखि ६० प्रतिशत मात्र उत्पादन भईरहेको कम्पनीले जनाएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी