Skip to content
LAXMI SUNRISE BANK

मंगलबार २५.०७ अंकले बढ्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक २५.०७ अंकले बढेर २६७८.१७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३११ कम्पनीको २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता सेयर खरिद बिक्री हुँदा रू. १० अर्ब १६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड संस्थापक सेयरको भएको छ । यस कम्पनीको ५८ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबारको बजारमा पियोर इनर्जी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, रावा इनर्जि डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK