काठमाडौँ । चिन्तामणि शिवाकोटीको संयोजकत्वमा गठिक अध्ययन समितिले नयाँ स्टक एक्सचेन्ज संचालन गर्न सकिने र नेप्सेको पुनर्संरचना पनि सँगै अघि बढाउनुपर्ने निष्कर्ष निकालेको प्रतिवेदन सार्वजनिक गरेको छ । हालको पूँजी बजार विस्तार हुन नसकेको, नयाँ दलाल व्यवसायीको प्रवेश नहुँदा प्रतिस्पर्धात्मक वातावरण विकास नभएको, र नयाँ वित्तीय औजार नआउनुले बजारमा विविधिकरणको अभाव रहेको विश्लेषण गर्दै प्रतिवेदनले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन सकिने उल्लेख गरिएको छ ।
नयाँ स्टक एक्स्चेन्जले देशव्यापी बजार विस्तार, वैकल्पिक वित्तीय स्रोतको पहुँच, म्युचुअल फन्ड र संगठित संस्थागत लगानीकर्तालाई प्रोत्साहन दिने अपेक्षा गर्दै प्रतिवेदनमा नेप्से पुनर्संरचनाकोसमेत माग गरिएको छ । प्रतिवेदनमा नेप्सेको भौतिक, प्राविधिक, व्यवस्थापकीय, वित्तीय र मानव स्रोत सुदृढीकरणसहित संरचनागत सुधार आवश्यक रहेको उल्लेख छ।
सो प्रतिवेदनले सीडीएससीको संरचनागत पुनरावलोकन आवश्यक रहेकोतर्फ पनि जोड दिएको छ । पूरा प्रतिवेदन हेर्नुहोस्
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्