×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेब्रा क्रसिङमा समेत जोखिममा छ ज्यान… (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जेब्रा क्रसिङमा समेत जोखिममा छ ज्यान… (तस्विरहरु)

Artha Sarokar

२ असार २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पैदल यात्रुले सडक पार गर्न कि आकाशे पुलको व्यवस्था गरिएको हुन्छ कि त सडकमै सेतो लामो धर्काहरु बनाएर चिनो लगाइएको हुन्छ, जसलाई जेब्रा क्रसिङ भनिन्छ । जेब्रा क्रसिङ यात्रुलाई बाटो काट्नका लागि बनाइएको हो ।

ट्राफिक नियमअनुसार जुनसुकै सवारीसाधनले जेब्रा क्रसिङबाट बाटो काट्नका लागि यात्रुलाई प्राथमिकता दिनुपर्छ । जेब्रा क्रसिङको लाइन सुरु हुनुअघि नै सवारिसाधन रोक्नुपर्छ । ट्राफिक नियमको उल्लङ्घन गरेमा जरिवाना लाग्ने सूचनाहरु पनि ठाउँठाउँमा टाँगिएका हुन्छन् । त्यसमाथि नियम पालना गराउन ट्राफिक प्रहरीसमेत सडकमा खटिएकै हुन्छन् ।

जेब्रा क्रसिङ पैदल यात्रुका लागि हो तर सवारी चालकले यो कुरा बुझेर पनि अटेर गरिरहेको देखिन्छ । जेब्रा क्रसिङमै गाडी, मोटरसाइकल रोकेको देखेर पनि ट्राफिक प्रहरी टुलुटुलु हेरिरहेका देखिन्छन् । अझ कुनै कुनै सार्वजनिक गाडीका चालकले त जेब्रा क्रसमै घ्याच्च बस रोकेर यात्रु चढाएको समेत देखिन्छ ।

जेब्रा क्रसिङबाट बाटो काट्न समेत डराउनुपर्ने अवस्था आएको यात्रुहरु अनुभव सुनाउँछन् । ‘जेब्रा क्रसिङमा त पैदल यात्रुले ढुक्क भएर बाटो काट्न पाउनुपर्ने हो नि तर हात दिँदा पनि रोक्दैनन् । सवारी चालक त गैरजिम्मेवार भए नै, ट्राफिक समेत टुलुटुलु हेरेर बस्छन् ।’, माइतीघरको जेब्रा क्रसिङबाट बाटो काट्न लागेका एक पैदल यात्रुले भने । जेब्रा क्रसिङको मतलब नगर्नेमा मोटरसाइकल र सार्वजनिक सवारिसाधन अगाडि रहेको उनको अनुभव छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ (संशोधन २०७५) को दफा १३२ मा सवारिसाधन कहाँ र कसरी रोक्ने भन्ने उल्लेख छ । यो दफाले भन्छ- ‘जेब्रा क्रसिङमा मानिस ओहोरदोहोर गरेको अवस्थामा वा दोबाटो वा चौबाटोमा रहेको ट्राफिक बत्तीले रोक्ने संकेत गरेकोमा गाडी रोक्नुपर्छ ।’ तर सडकमा हेर्यो भने जेब्रा क्रसिङ कहिल्यै खाली हुँदैनन् । गाडी रोकेर बटुवालाई सडक वारपार गर्न दिएको विरलै भेटिन्छ । बाँकी तस्विरमा हेर्नुहोस्ः 

(तस्विर: नेपाल फोटो लाइब्रेरी)

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी