Skip to content
LAXMI SUNRISE BANK

सभामुखको ‘पेलान’मा विपक्षी दल, वेलमा नाराबाजी, रोष्टममा छलफल 

अर्थ सरोकार

काठमाडौँ । सोमबार पनि प्रतिनिधि सभाको बैठकमा विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नाराबाजी गरेका छन् । 

भिजिट भिसा प्रकरणमा नाम मुछिएका गृहमन्त्री रमेश लेखकको राजिनामा माग्दै र भिजिट भिसा प्रकरणमा उच्च स्तरीय छानबिनको माग गर्दै विपक्षी दलहरुले संसद्मा अवरोध गर्दै नाराबाजी गरेका हुन् । 

तर, विपक्षी दलको विरोध र नाराबाजीलाई बेवास्ता गर्दै सभामुख देवराज घिमिरेले संसद्को कारबाही अघि बढाएका छन् । 

संसद्मा रास्वपाका सांसद्हरु वेलमा पुगेरै नारा लगाइरहेका छन् । तर, विपक्षी दललाई पेलेरै अघि बढेको संसद्मा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल चलिरहेको छ । यता राष्ट्रिय प्रजातन्त्र पार्टीले भने सोमबार पनि संसद् बैठक बहिष्कार गरेको छ । राप्रपाले आइतबार पनि संसद् बैठक बहिष्कार गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK