काठमाडौँ । ललितपुरको ग्वार्को, महालक्ष्मीस्थान, एकान्तकुना भएर कलंकी जाने व्यस्त सडक खण्डमा निर्माण थालिएको आकाशे पुल दुई वर्षभन्दा बढी समय बित्दा पनि अधुरै छ ।
कंक्रिटका पिलरहरू ठड्याइएका छन् तर त्यसपछि कुनै काम अघि बढेको छैन । यसले गर्दा पैदल यात्रीहरू जोखिम मोलेर बाटो काट्न बाध्य छन् । तीव्र गतिका सवारीसाधनको बीचबाट बाटो काट्दा ज्यानकै जोखिम हुने सर्वसाधारणको भनाइ छ । ग्वार्कोमा भने हालैमात्र ओभरपास निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः