काठमाडौँ । काठमाडौँमा गुडिरहेको ईभी स्कुटरमा आगलागी भएको छ । बुधबार दिउँसो काठमाडौँको रत्नपार्कमा गुडिरहेको प्योर ईभी स्कुटरमा आगलागी भएको हो ।
उक्त स्कुटरमा सुरुमा गुड्गुड्दै सामान्य धुँवा निस्किएको थियो । त्यसको केही क्षेत्रमै स्कुटरमा आगो लागेको थियो । अचानक स्कुटरमा आगो लागेपछि ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा स्कुटरमा लागेको आगो नियन्त्रणमा लिइएको छ ।
उक्त स्कुटरको बजार मूल्य हाल २ लाख ७५ हजार रहेको छ । यो स्कुटर ह्वाइट लोटस मोटर्सले नेपालमा आयात तथा वितरण गर्दै आएको छ ।