Skip to content
LAXMI SUNRISE BANK

झिनो अंकले घट्यो नेप्से, बजार २६००.२० बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको चोथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक ०.३३ अंकले घटेर २६००.२०  बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३११ कम्पनीको १ करोड ३७ लाख ५९ हजार ६०४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ५ अर्ब ९४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार बुटवल पावर कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ५३ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा मोदी ईनर्जी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिश भन्दा धेरैले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK