काठमाडौँ । सुनचाँदी व्यवसायी पसल बन्द गरेर फेरि सडक आन्दोलनमा ओर्लिएका छन् । शुक्रबार व्यवसायीले पसल बन्द गरेर न्युरोड क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
सरकारले आगामी बजेटबाट सुनको गहनामा अनिवार्य दुई प्रतिशत विलासी कर र हिराका गहना भ्याट प्रणालीमा लैजाने घोषणा गरेपछि उनीहरुले यसअघि पनि प्रदर्शन गरेका थिए ।
उनीहरुले दुवै व्यवस्था फिर्ता हुनुपर्ने माग गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्: