Skip to content
LAXMI SUNRISE BANK

आइक्यानले सम्पन्न गर्यो ‘ओरिएण्टेसन’ कार्यक्रम (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले सिएको पहिलो तहका विद्यार्थीहरुलाई ‘ओरिएन्टेसन’ कार्यक्रम आयोजना गरेको छ । आइक्यानले असार १८ गते नेपाल एकेडेमी हल कमलादी, काठमाडौँमा नयाँ भर्ना भएका फाउन्डेसन तहका सम्पूर्ण विद्यार्थीहरूलाई आयोजना गरेको ओरिएन्टेसन कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको हो।

कार्यक्रमको उद्देश्य नयाँ भर्ना भएका विद्यार्थीहरूलाई सीए कोर्सका विभिन्न पक्षहरू, पाठ्यक्रम पूरा गर्नुपर्ने आवश्यकताहरू, सीए विद्यार्थीका रूपमा उनीहरूबाट अपेक्षित शिष्टाचार तथा आइक्यानले उपलब्ध गराउने सहुलियत र सहयोगका बारेमा जानकारी गराउनु रहेको आइक्यानले जनाएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष, उपाध्यक्ष, परिषद् सदस्य तथा कार्यकारी निर्देशकको उपस्थिति रहेको थियो। सो कार्यक्रममा अनलाइनमार्फत देशका अन्य स्थानबाट पनि विद्यार्थीहरुले सहभागिता जनाएका थिए। तस्विरमा हेर्नुहोस् कार्यक्रमका खास झलक:

      

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK