×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्रोकरको चुक्ता पूँजी पुर्याउने समय थप्दै धितोपत्र बोर्ड, निर्णयसहितको प्रस्ताव अर्थ मन्त्रालय पठाइयो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ब्रोकरको चुक्ता पूँजी पुर्याउने समय थप्दै धितोपत्र बोर्ड, निर्णयसहितको प्रस्ताव अर्थ मन्त्रालय पठाइयो !

Artha Sarokar

१९ असार २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरुको चुक्ता पुँजी पुर्याउने समय थप्ने तयारी गरेको छ । चुक्ता पुँजी पुर्याउने अवधिमा पनि केही ब्रोकरले चुक्ता पुँजी पुर्याउन नसकेपछि बोर्डले समय थप्ने तयारी गरेको हो । 

बोर्डले पुँजी पुर्याउने समय थप्ने निर्णयसहित धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ संशोधनको प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको छ ।

बोर्डले ब्रोकर कम्पनीलाई तोकिएको न्यूनतम चुक्ता पुँजी पुर्याउने समय ९ महिना थप गर्नेगरी नियमावली संशोधन मस्यौदा स्वीकृत गरेको छ । सो मस्यौदा स्वीकृतिका लागि बोर्डले हाल अर्थ मन्त्रालयमा पठाएको छ ।

बोर्ड स्रोतका अनुसार हाल २३ वटा ब्रोकर कम्पनीले तोकिएको न्यूनतम चुक्ता पुँजी पुर्याउन बाँकी छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी