×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समस्याग्रस्त १९ सहकारीमा साढे ३८ अर्बको मागदाबी, ५ हजार बचतकर्ताको ३ अर्ब ४१ करोड फिर्ता !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

समस्याग्रस्त १९ सहकारीमा साढे ३८ अर्बको मागदाबी, ५ हजार बचतकर्ताको ३ अर्ब ४१ करोड फिर्ता !

Artha Sarokar

२३ असार २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । समस्याग्रस्त घोषणा भएका १९ सहकारीका संस्थामा करिब ३८ अर्ब ४३ करोड रुपैयाँ फिर्ताको मागदाबी परेको छ । सहकारीका ६१ हजार ९४ बचतकर्ताले सो रकम बराबरको मागदाबी गरेका हुन् । जसमध्ये हालसम्म ५ हजार बचतकर्तालाई ३ अर्ब ४१ करोड रुपैयाँ फिर्ता गरिएको छ । 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार आर्थिक वर्ष २०८०/८१ सम्म ८३ करोड रुपैयाँ वितरण गरिएको थियो भने पछिल्लो एक वर्षमा २ अर्ब ५८ करोड रुपैयाँ फिर्ता गरिएको हो ।

असार २२ देखि बाँकी ५६ हजार १०६ जना बचतकर्तालाई थप २९ करोड रुपैयाँ फिर्ता गर्न थालिएको समितिले जनाएको छ । हालसम्म करिब २ अर्ब ८८ करोड फिर्ता भइसकेको र बाँकी ३४ अर्ब ७१ करोड फिर्ता गर्न बाँकी रहेको बताइएको छ ।

सरकारले हालसम्म २३ सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । तीमध्ये तीनको फिर्ता प्रक्रिया सम्पन्न भइसकेको छ भने बाँकी २० मध्ये १९ को मात्र माग दाबी गरिएको छ ।

समितिले सहकारीकै सम्पत्ति, ऋण र लगानी असुल गरेर बचत फिर्ता गरिने जनाएको छ । त्यसका लागि ऋणी र जमानतकर्ताको सम्पत्ति रोक्का र कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी