×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मुलुकको आर्थिक अवस्था चुनौतीपूर्ण छ, मौद्रिक नीतिले मात्रै सबै समाधान सम्भव छैन’- गभर्नर पौडेल 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘मुलुकको आर्थिक अवस्था चुनौतीपूर्ण छ, मौद्रिक नीतिले मात्रै सबै समाधान सम्भव छैन’- गभर्नर पौडेल 

Artha Sarokar

२४ असार २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्था चुनौतीपूर्ण रहेको बताएका छन् । उनले अर्थतन्त्रले अपेक्षित गतिमा प्रगति गर्न नसकेको उल्लेख गर्दै मौद्रिक नीतिले मात्र सबै समाधान सम्भव नहुने स्पष्ट पारेका छन् ।

‘हामीसँग धेरै सम्भावना छन । तर तीलाई व्यवहारमा उतार्न नसक्दा अर्थतन्त्र अघि बढ्न सकेको छैन,’ गभर्नर पौडेलले भने, ‘कतिपय राम्रो नीति ल्याउने प्रयास हुँदा पनि दिगो विकासका लागि आवश्यक आर्थिक पूर्वाधार कमजोर भएका कारण कठिनाइ आएको छ ।’

उनले देश कसरी अघि बढाउने भन्ने सवालमा मौद्रिक नीति मात्रै होइन, भौतिक नीतिहरूको समेत महत्वपूर्ण भूमिका हुने धारणा राखे । ‘सबै कुरा मोनिटरी पोलिसीले मात्रै गर्ने भन्ने होइन, भौतिक नीति पनि प्रभावकारी ढंगले कार्यान्वयन हुन जरुरी छ ।’ उनले भने ।

त्यस्तै, गभर्नर पौडेलले सामाजिक समावेशिता र समानतामूलक समाज निर्माण गर्ने सरकारको चाहना रहेको बताउँदै अहिलेको अवस्था त्यस दिशातर्फ अग्रसर छ कि छैन भन्ने मूल्यांकन भइरहेको जानकारी दिएका छन् । ‘भौतिक नीतिले देखाएको बाटोमा मोनिटरी नीतिले पनि सँगै काम गरिरहेको हुन्छ ।’ उनले भने, ‘पछि गएर आपसी समर्थनको अभाव नहोस् भन्ने हिसाबले दुवै नीतिले तालमेल गर्नु आवश्यक छ ।’

उनका अनुसार नीति निर्माणका क्रममा दीर्घकालीन विकास, सामाजिक न्याय, र समावेशीकरणका पक्षलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी