काठमाडौँ । साताको कारोबारको चोथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबार नेप्से परिसूचक २२.०४ अंकले बढेर २७०५.९० बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३१६ कम्पनीको १ करोड ५८ लाख २२ हजार ९७० कित्ता सेयर खरिद बिक्री हुँदा रू. ७ अर्ब ४५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार राधी विद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ४६ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबारको बजारमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको हो ।
यता, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको हो ।