काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाइएको १५ करोडको क्याप हटाएको । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले व्यक्तिगत सेयर धितो कर्जामा लगाइएको १५ करोडको क्याप हटाएर २५ करोड पुर्याइएको घोषणा गरेका छन् ।
राष्ट्र बैंकको गभर्नर नियुक्ति भएपछि डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको यो पहिलो मौद्रिक नीति हो । मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको क्याप बढाइएपछि सेयर लगानीकर्ताहरु उत्साहित बनेका छन् ।