काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार (आज) एक कार्यक्रमका बीच गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
मौद्रिक नीति सार्वजनिक गरेपछि मन्तव्यको अन्तमा गभर्नर पौडेलले ‘जय नेपाल’ भनेका छन् ।
यसो त यसअघि मौद्रिक नीति सार्वजनिक गर्दा मन्तव्यको अन्तमा ‘नमस्कार’ भन्ने गरिन्थ्यो । तर, यसपालि गभर्नर पौडेलले भने ‘जय नेपाल’ भनेका छन् ।
उनी नेपाली काँग्रेसको सिफारिसमा गभर्नर नियुक्त भएका थिए । पुष्ठभूमी काँग्रेस भएकै कारण मन्तव्यमा पनि उनले ‘जय नेपाल’ भनेको धेरैको ठम्याई छ । उनी नेपाली काँग्रेसबाट चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको निर्वाचन लडेका थिए । उनी रास्वपाका हरि ढकालसँग पराजित भएका थिए ।
मौद्रिक नीतिको मन्तव्य सकिँदा गभर्नर डा. पौडेलले ‘जय नेपाल’ भनेपछि काँग्रेसीहरु दंग परेका थिए । ‘जय नेपाल’ नेपाली काँग्रेसको अभिवादनको भाषा हो ।