×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘गुरिल्ला बैठक’को झल्को दिनेगरी ग्रामीण विकास लघुवित्तको साधारणसभा, कर्मचारीको विरोध, सेयरधनीलाई प्रवेश निषेध ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘गुरिल्ला बैठक’को झल्को दिनेगरी ग्रामीण विकास लघुवित्तको साधारणसभा, कर्मचारीको विरोध, सेयरधनीलाई प्रवेश निषेध ! 

Artha Sarokar

२९ असार २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ग्रामीण विकास लघुवित्तको साधारण सभा बुटवलको मिलनचोकमा ‘गुरिल्ला बैठक’ शैलीमा राखिएको छ । कालिकानगर स्थित मुख्य कार्यालयमा नै साधारण सभा गर्ने सूचना निकालिएको भए पनि पछि सूचना सुटुक्क सच्याएर सुटुक्क सभा बसेको हो । 

सार्वजनिक सूचना विपरित एक होटेलको चौथो तलामा सभा बसेको थियो । बाहिर कर्मचारीहरु विरोधमा भएका कारण ठूलो संख्यामा प्रहरीसमेत तैनाथ थिए । 

अझ अचम्मको कुरा त के छ भने सभामा सबै सेयरधनीहरुलाई नै भित्र प्रवेश गर्न दिइएको थिएन । अघिल्लो दिन नै प्री एजिएमका नाममा पैसा बाँडिएकाहरु अधिकांश र केही चुप लागेर बस्ने अन्य सेयरधनी भित्र थिए । 

लघुवित्तका सेयरधनी चन्द्रकान्त न्यौपानेले आफू भित्र प्रवेश नपाएको गुनासो गरेका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै उनले लघुवित्तको यो शैली सेयरधनीको अधिकार विपरित भएको दाबीसमेत गरेका छन् । 

अन्य सेयरधनीले त सो सभा हेरेर गुरिल्ला बैठको स्मरण गरेको दाबी गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी