काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बैंकमा पैसा थुप्रिनु सरकारको अकर्मण्यताको परिणाम भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।
उनले सरकारकै अकर्मण्यताका कारण ब्याजदर न्यून स्तरमा झर्दा पनि कर्जा प्रवाह हुन नसकेर बैंकहरमा झण्डै ७ खर्ब रुपैयाँ थुप्रिएको बताएका छन् ।
‘ब्याजदर न्यून स्तरमा झर्दा पनि कर्जा प्रवाह हुन नसकेर बैंकहरुमा झण्डै ७ खर्ब रुपैयाँ थुप्रिएको छ ।’, प्रचण्डले भने, ‘हाम्रो जस्तो स्रोत साधन सीमित रहेको देशमा यति ठूलो रकम प्रयोगविहीन अवस्थामा रहनु भनेको सरकार र सम्बन्धित निकायको अकर्मण्यता परिणाम नै मानिन्छ ।’
त्यस्तै, उनले सरकारका पछिल्ला नीतिका कारण बैंकहरुमा ब्याजदर अझै तल झर्ने, बचत निरुत्साहित हुनुका साथै पूँजी पलायन हुने अवस्था देखिएको पनि बताएका छन् । ‘सरकारका पछिल्ला नीतिले ब्याजदर अझै तल झर्ने, बचत निरुत्साहित भइ निक्षेप घट्ने, पूँजी पलायन हुने, न्यून प्रतिफलका योजनामा लगानी हुने र यसको परिणाम स्वरुप अर्थतन्त्रले अझै अप्ठ्यारो र जटिलता भोग्नुपर्ने अवस्था देखिएको छ ।’, उनले भने ।