काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नयाँ स्टक एक्सचेञ्जका लागि ठूलो चलखेल भएको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।
उनले नयाँ स्टक एक्सचेञ्जका लागि ठूलो चलखेल भएको दाबी गर्दै पुरानो प्रक्रिया रद्द गरेर नयाँ प्रक्रिया सुरु गर्न सरकारसँग माग गरेका छन् ।
‘अहिले नयाँ स्टक एक्सचेञ्जका लागि निकै ठूलो चलखेल भइरहेको छ ।’, उनले भने, ‘के सरकार अहिलेको प्रक्रिया रद्द गरेर लाइसेन्स लिन चाहने इच्छुकहरुलाई निर्धारित मापदण्ड र विधिसम्मत तरिकाले प्रक्रिया अगाडि बढाएर भ्रष्टाचार रोक्न तयार छ ?’
त्यस्तै, प्रचण्डले नयाँ स्टक एक्सचेञ्ज ल्याउन अघि बढाइएको हालको प्रक्रिया रोकेर भ्रष्टाचार नियन्त्रण गर्ने ढंगले नयाँ लाइसेन्सको प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।