काठमाडौँ । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा डा. खगराज शर्मालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको अध्यक्षमा शर्मालाई नियुक्त गरेको हो ।
शर्मा एमाले सहकारी विभागका सदस्य हुन् । उनी लुम्बिनी विशिष्टीकृत सहकारी संघको अध्यक्ष थिए । त्यति मात्र होइन, उनी सिद्धार्थ बहुउद्देश्यीय सहकारीका अध्यक्ष पनि भएका थिए ।
आफूलाई सहकारी अभियन्ता बताउने शर्माले सहकारीमा विद्यावारिधि गरेका छन् । राममणि क्याम्पसमा अध्यापन गरेका शर्मालाई क्याम्पस व्यवस्थापनले बर्खास्त गरेको थियो । त्यसपछि उनी सहकारी अभियानमा सक्रिय छन् ।
तर, जानाजान राजनीतिक पार्टीको जिम्मेवारीमा भएको व्यक्तिलाई प्राधिकरणको अध्यक्ष बनाइएको भन्दै आलोचना भइरहेको छ । उनले सिफारिसमा परेर अध्यक्ष नियुक्त हुँदासम्म पनि पार्टीको जिम्मेवारीबाट राजिनामा नदिएको स्रोतको दाबी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्