काठमाडौँ । एनआईसी एशिया बैंक र नगरकोट सामुदायीक होमस्टेबीच छुट सम्झौता सम्पन्न भएको छ । बैंकका ग्राहकहरुलाई होमस्टे सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको हो
उक्त सम्झौतासँगै अब बैंकका ग्राहकहरुले १७ घरपरिवारद्वारा सञ्चालित नगरकोट सामुदायीक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको विशेष सुविधा प्राप्त गर्न सक्नेछन् ।
चाँगुनारायण, भक्तपुरमा अवस्थित नगरकोट सामुदायीक होमस्टेको सेवा लिई ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ सेवामार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन् ।
वित्तीय समावेशीकरण तथा डिजिटल सशक्तिकरणमा डिजिटल भुक्तानीलाई प्रवद्र्धन गरिरहेको यस बैंक र नगरकोट सामुदायीक होमस्टेबीचको यस साझेदारीले ग्राहक महानुभावहरुलाई सरल, सहज, सुरक्षित डिजिटल भुक्तानी सुविधा उपलब्ध हुनुको साथै दिगो ग्रामीण पर्यटन विकासका टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्