काठमाण्डौ। हिम स्टार उर्जा कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ । कम्पनीले साउन ४ गतेदेखि लागू हुनेगरी एनआईसी एशिया क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।
सेयर रजिष्ट्रारमा नियुक्त भए सँगै अब संस्थाको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु एनआईसी एशिया क्यापिटलले गर्ने भएको छ ।
हिम स्टार उर्जाले गत असार २४ गतेदेखि असार २७ गते सर्वसाधारणलाई ७ लाख ७३ हजार ९ सय ७५ कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीको उक्त आईपीओ बाँडफाँड गत असार ३२ गगते भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्